अछाम, ६ फरवरी,२०२०
अछाम पञ्चदेवलका वडा अध्यक्ष पदमबहादुर धामीको गत मंगलबार मृत अवस्थामा फेला परेको शव बिहिबार आज सम्म पनि उठ्न सकेको छैन ।
छिमेकी गाउँको भैसी गोठमा मृत अवस्थामा भेटिएका वडा अध्यक्षको शव पोष्टमार्टमका लागि उठाउन स्थानीयले अवरोध गरेपछि उठ्न नसकेको हो । वडा अध्यक्षधामीको शव रहेको गोठ छानावरिपरी प्रहरीले घेरा हालेर शव कुरेर बसेको छ ।
दोषि पक्राउ नपरेसम्म मृतकका आफन्त र स्थानीयले घटनास्थलबाट शव पोष्टमार्टमका लागि उठाउन नदिँदा शव उठ्न सकेको छैन । स्थानिय प्रशासनले सहमतिको प्रयास गरेपनि सफल हुन सकेको छ्रैन ।
धनगढीबाट तालिमप्राप्त कुकुरसँगै सिआइबी टोलीसहितले घटनास्थलमै रहेर मृत्यु प्रकरणको तीनदिनदेखि अनुसन्धान गरिरहेको छ ।









































