काठमाडौँ , 16 जनवरी 2020
महिला सुरक्षा समूह नेपालले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै आप्पत्ति जनाएको छ ।
तुम्बाहाम्फेको सभामुखमा दाबी स्वभाविक रहेको समेत उसले बताएको छ । महिला सुरक्षा समूह नेपालले ‘तुम्बाहाम्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाब दिएको प्रति हामीलाई आपत्ति भएको जनाएको छ ।’ यस समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।









































