कैलाली, 29 मार्च 2029/ हिम शाह
धनगढी उप–महानगरपालिका र कैलाली प्रशासनको सहकार्यका त्रिनगर भन्सार नाकामा अलपत्र परेका ६४ जना नेपालीहरुलाई उद्धार गरेको छ।
उद्धार गरिएका धनगढीका १२ जनालाई क्वारेन्टाईनमा राखिएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार उद्धार गरिएकाहरुमा धनगढीका १२ जना, गौरीगंगा नगरपालिकाका ११ जना, लम्कीचुहाका १ जना, घोडाघोडीका १ जना, टिकापुरका ७ जना, जानकीका १ जना, भजनीका १ जना र बाँके जिल्लाका १५ जनालाई उद्धार गरेर सम्वन्धीत ठाउँमा पठाईएको छ ।
उनिहरुलाई सम्बन्धित ठाउँमा नै क्वारेन्टाईनमा राख्ने गरि पठाईएको छ । त्यसैगरी सिमामा रहेका डोटीका ४ जना, बाजुराका १३ , बैतडीका १ जना, अछामका १ जना र डडेल्धुराका १ जनालाई सम्वन्धीत जिल्लामा नै क्वारेन्टाईनमा राख्नेगरि पठाउने तयारी काम भैरहेको छ।









































