काठमाण्डौ, 18 अगस्त 2021
नेपालमा गएको २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ८३८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो अवधिमा २ हजार १०४ जना डिस्चार्ज भएका छन्। आज ४२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३९६ पुगेको छ। यस्तै, काठमाडौं उपत्यकामा १ हजार ५३ जना संक्रमित थपिएका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।









































