HomeFeatureदक्षिण कोरियामा एकैदिन कोरोना भाईरस संक्रमणबाट ६ सय बिरामी भेटिए

दक्षिण कोरियामा एकैदिन कोरोना भाईरस संक्रमणबाट ६ सय बिरामी भेटिए

कोरिया, २९ फरवरी, २०२०
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस संक्रमण हिजो दक्षिण कोरियामा एकैदिन ५ सय ९४ जनामा कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो संख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार दक्षिण कोरियामा २ हजार ९ सय ३१ जना कोरोनाका बिरामी छन् ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो । कोरोनाको संक्रमण तीव्र बनेसँगै दक्षिण कोरियाको देगु लगायतका प्रान्तमा उच्च सतर्कता अपनाइएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।

यस्तै गएको २४ घण्टामा इरानमा थप २ सय १० जनाको ज्यान गएको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमित २ हजार ९ सय २४ जनाको ज्यान गैसकेको छ भने ८५ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएको छ । ३९ हजार ५ सय ३४ जना भने उपचार पछि घर फर्किएका छन् ।

कोरोना संक्रमणका कारण विश्वव्यापी चिन्ता बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...