HomeFeatureदक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सुरु

दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सुरु

काठमाडौं, 3 अक्टुबर 2021

इपिएस परीक्षा पास गरेर प्रक्रिया पुरा गरेका ५० जना नेपाली कामदार आगामी अक्टुबर २७ तारिकमा दक्षिण कोरिया जाने भएका छन् । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सुरु गरेको र पहिलो चरणमा ५० जना नेपाली कामदार आगामी अक्टुबर २७ तारिकमा त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो । उहाँले ११९ जना मध्ये पहिलो चरणमा ५० जनालाई पठाइने र अन्यको भिसा प्रक्रिया सुरु गरिने बताउनुभयो । कोरिया जाने कामदारको क्वारेन्टाइन र बिमाका बारेमा देखिएको समस्या समाधान भइरहेको उहाँले बताउनुभयो । प्रक्रिया पुरा गरेर बसेका अन्य कामदारको हकमा कोरियाबाट नाम सहितको पत्र आएपछि पुन पठाउन सुरु गरिने उहाँको भनाई छ । बैठकमा मुख्य सचिव शंकरदास बैरागीले कोरीया जानका लागि अहिले कोरियन एयरलाईन्सको मात्र सिधा उडान रहेकोमा निकै महङ्गो पर्ने देखिएको बताउनुभयो । कामदार आफैले टिकट काटेर जाँदा लागत चार गुणासम्म महङ्गो पर्न जाने देखिएको उहाँले बताउनुभयो । बैठकमा समिति सदस्यहरुले इपिएस परीक्षा पास गरेका कामदारहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । यसअघि इपिएस परीक्षा पास गरेर बसेका करिब १० हजार कामदारहरुले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेपछि समितिले चासो देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...