‘दर्पण छायाँ २’ कलाकारले गरे इन्गेजमेन्ट
काठमाडौं, 20 जुन 2023
‘दर्पण छायाँ २’ कलाकार साहरा कार्की र फिरोज तिमल्सिनाले इन्गेजमेन्ट गरेका छन्। दुवैले अमेरिकामा इन्गेजमेन्ट गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै इन्गेजमेन्टको जानकारी दिए।
तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट दुवैले अभिनयमा डेब्यु गरेका थिए । फिल्म अभिनय सिलसिलामा उनीहरुबीच प्रेम भएको थियो।फिल्ममा साहराको जोडी अभिनेता पुष्प खड्का थिए, भने फिरोज उनीहरुको घनिष्ट साथीको भूमिकामा थिए ।
साहराले ‘दर्पण छायाँ २’पछि कुनै फिल्म अभिनय गरेकी छैनन्।फिरोज ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टर भए काम गरेका छन् । फिरोज र साहराले ‘मेरी प्रिया’ र ‘किन’ गीतको भिडियोमा पनि एकसाथ अभिनय गरेका छन् ।