काठमाडौं, 23 जुलाई 2022
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीवादलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् ।
शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले उनले राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको देखा परेको बताए।पछिल्लो समय नेपाली राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको पनि उनको भनाइ थियो । नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने पनि उनले बताए । आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेकोसमेत उनको दाबी थियो ।
‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ,’ उनले भने, ‘खास गरेर पुष्पलालबाट दीक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ ।’









































