HomeFeatureदशैंका लागि खसीबोका किन्नेको भिड

दशैंका लागि खसीबोका किन्नेको भिड

काठमाण्डौ,19 अक्टूबर 2020

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको विक्री शुरु गरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ। कम्पनीले आज (कार्तिक ३ गते) देखि सहुलियत दरमा खसीबोकाको विक्री सुरु गरेको हो । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका विक्री वितरण सुरु गरेको छ । कम्पनीले जिउदो खसीबोकाको प्रति केजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ । बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँ प्रतिकेजी सम्म पर्ने खसीबोका ५ सय ५० रुपैयाँ मै पाउने भएपछि उपभोक्ताहरुको भिड लागेको छ । खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा विक्री गर्दै आएको छ । यसपटक कोभिड १९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसी बोका विक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ । यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै विक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने विक्रीमा राखेको छैन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...