दसैँ तिहारलाई लक्षित गर्दै, आजबाट नयाँ नोट सटही सुरु
काठमाडौँ, 16 अक्टोबर 2023
नेपाल राष्ट्र बैंकले आजबाट दसैँ तिहारलाई लक्षित गर्दै नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो ।
यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो । त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो । यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।