दार्चुला, १६ मार्च, २०२०
दार्चुला जिल्लाको मालिकार्जुन,पनेबाज खुना,उल्लानी,ग्वानी,मिल्मिलीलगायतका स्थानमा आइतबार साँझ परेको असिना -पानी र हावाहुरीले हिउँदे बाली नोक्सान गरेको छ ।
असिनाले साग, काउँली, बन्दा, लसुन, प्याज,धनियाँ,गोल्भेडालगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।असिनाले तरकारी, तोरी बारीमा बढी क्षति गरेको छ । पाक्नै थालेको अन्नबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।









































