HomeFeatureदार्जीलिङको सिङला चियाकमानको बङ्गलो आगलागि भएर खरानी

दार्जीलिङको सिङला चियाकमानको बङ्गलो आगलागि भएर खरानी

सिलगढ़ी, 16 मार्च

दार्जीलिङको नर्थ तकभर (सिङला) चिया कमानको बड़ा कोठी (बङ्गलो) आइतबार डढेर खरानी भएको छ । ब्रिटिशकालदेखिको चिया कमानको बड़ा कोठी (बङ्गलो) गत १९ जनवरीबाट बन्द रहेको थियो । तर आइतबार साँझ पाँच बजेदेखि सम्पूर्ण डढेर खरानी भएको हो । दार्जीलिङ शहरबाट दमकलको गाड़ीहरू घटनास्थलमा पुग्दा पुरै (बङ्गलो) डढेर खरानी भइसकेको थियो । सो चिया कमान वितेको ९ जनवरीदेखि बन्द रहेको थियो। यद्यपि सो बड़ा कोठी (बङ्गलो) को देखरेख चौकिदारले गरिरहेका थिए । यसैबीच आइतबार साँझ पाँच बजेदेखि उक्त बड़ा कोठी (बङ्गलो)मा आगो लागेको थियो । आगलागि सर्ट सर्किटका कारण भएको अनुमान गरिएको छ ।

त्यस क्षेत्रमा सक्रिय सामाजिक समूह टिस्टा रङ्गीत वेलफेयर सोसाइटीका महासचिव तथा प्राथमिक पाठशालाका शिक्षक राजेन दुमीले बताए, “म पानी भर्नका लागि स्कुटीमा जरिकेनहरू लिएर जाँदा त्यस्तो केही थिएन । तर फर्केर आइसकेपछि आगो लागेको थियो। यो हाम्रो एउटा धरोहर नै थियो । तर यसरी डड़्दा धेरै दुःख लागेको छ ।”  यसै गरी उक्त सोसाइटीकै अध्यक्ष सुनील सुब्बाले भने ” यो बड़ा कोठी (बङ्गलो) मा आगो लागेको थाहा पाउनेसाथ साँझ पाँच बजे मैले नै दार्जीलिङ पुलिस स्टेशन अनि फायर स्टेशनमा फोन गरें। तर उनीहरू सात बजे मात्र आइपुगे, त्यतिञ्जेल बड़ा कोठी (बङ्गलो) डढेर खरानी भइसकेको थियो ।”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...