दार्जीलिङ, 16 मार्च, कयेश अंसारी
दार्जीलिङमा हिजो राति घर फर्किने क्रममा अज्ञात समूहको आक्रमणले घाईते भएका गोजमुमो 2 का नेता सञ्जय थुलुङको सिलगढीको एक नीजि अस्पतालमा उपचार चलिरहेकोछ । घर फर्किरहेको बेला हिजो राति 8 बजे थुलुङमाथि एक समूहले आक्रमण गरेको थियो । आफुमाथि गोरामुमोका समर्थकहरुले आक्रमण गरेको आरोप लगाउनु भएको छ । आक्रमणबाट घाइते हुनु भएका थुलुङलाई पहिला दार्जीलिङ अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई सिलगढीको एक नीजि अस्पतालमा लगिएको हो ।
यद्धपी थुलुङले आफुमाथि गोरामुमो समर्थकले आक्रमण गरेको आरोप लगाउनुभएको भए पनि अर्कोतर्फ गोरामुमो समर्थकहरु पनि दार्जीलिङ अस्पतालमा भर्ना भएका छन ।

दुवै पार्टीहरुले आफुमाथि आक्रमण गरेको आरोप प्रत्यारोप लगाईरहेका छन ।









































