दार्जीलिङ, 15 फरवरी 2020/ कयेश अंसारी
दार्जीलिङ पहाडमा गइसकेको जाडो फेरी फर्किएर दार्जीलिङलाई कुहिरोले ढाकेको छ। पछिल्लो 3 दिनदेखी पहाडमा घाम लागेर चिसो कम भएपनि हिजो दिउँसोदेखी फेरी कुहिरो लाग्न थालेको छ। आज भने कुहिरोका साथै हल्का वर्षा समेत भएपछी चिसो बढेको स्थानियको भनाई छ।
यद्यपि दार्जीलिङ पहाडमा अहिलेनै चिसो कम नभएपनि पछिल्लो 3 दिन घाम लागेकाले दिउँसोमा न्यानो महसुस गरिएको थियो भने साँझ चिसोनै हुने गरेको थियो। तर हिजो साँझदेखी भने फेरी अत्यधिक चिसो बढेको छ।









































