Homeसमाचारदार्जीलिङ नयाँ वर्षमा पिकनिक गर्नेहरुको लर्को, टाउनमा मानिसहरुको चहलपहलमा कमी

दार्जीलिङ नयाँ वर्षमा पिकनिक गर्नेहरुको लर्को, टाउनमा मानिसहरुको चहलपहलमा कमी

दार्जीलिङ, 1 जनवरी 2020 / कयेश अंसारी

नयाँ वर्षको पहिलो दिन आज लोकप्रिय पर्यटकीयस्थल दार्जीलिङ पहाडमा उमंग र उत्साह छाएको छ । पहाडका मानिसहरुले वर्षको पहिलो दिनलाई पर्वको रुपमा मनाउँदै आन्नद लिएका छन । पर्यटकहरु नयाँ वर्ष मनाउन दार्जीलिङ पहाडमा आएका बेला दार्जीलिङका स्थानियहरु भने नयाँ वर्ष मनाउन पिकनिक गर्न गएका छन । अधिकांश मानिसहरु पिकनिक गर्न रिभर साईडमा गएका छन । केही मानिसहरु छिमेकीका साथमा पिकनिक गर्न गएका छन भने केही मानिसहरु आ-आफ्ना साथिभाईहरुसँग पिकनिक गर्न गएका छन । टाउनमा न्यून संख्यामा मानिसहरुको चहल-पहल देखिएको थियो भने सवारी साधनहरु पनि कमै संख्यामा सडकमा गुडेका थिए । अधिकांश सवारी साधनहरु पिकनिक खेल्न गएका मानिसहरुले बुकिङमा लगेकाले पनि सवारी साधनहरुको संख्यामा कमी देखिएको हो ।

यसअघि नयाँवर्षको पूर्वसंध्यामा दार्जीलिङको मलमा पर्यटकहरुको संख्या निकै बढेको थियो । एनआरसी र नागरिकता संशोधन कानूनको विरोधमा देशव्यापी भएको विरोध प्रदर्शनका कारण दार्जीलिङमा क्रिशमसमा पर्यटनहरुको संख्या निकै कम रहेपनि नयाँ वर्षको पूर्वसंध्यामा भने पर्यटकहरुको संख्यामा वृद्धि भएको थियो । दार्जीलिङको मुटु मानिने यहाँको मलमा पर्यटकहरुले घोडचढी र पहाडको मौसमको आनन्द लिएका छन । भारतमा शीतलहर जारी रहँदा पहाडमा पनि जाडो छ तर पछिल्लो 3 दिनदेखि दार्जीलिङमा दिनभरी घाम लाग्ने गरेकाले वरपरका क्षेत्रहरू जस्तै सिलगढी र जलपाईगढीसहित उत्तरप्रदेशका पर्यटकहरूको उपस्थित बाक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...