दार्जीलिङ, 17 फरवरी 2020/ कयेश अंसारी
दार्जीलिङ पहाडको खरसाङमा असामाजिक तत्वको विगविगी बढ्दैछ। खरसाङको पर्यटकीय स्थलमा रहेका सुन्दर वस्तुहरुलाई यी असमाजिक तत्वले क्षति पुर्याइरहेका छन। गए साँझ इगल क्रेगमा रहेका वन्यजन्तुको आकृति र अन्य सुन्दाकृतिमा तोडफोड गरिएको छ। घटनाप्रती स्थानीय र पर्यटकहरुले दुख व्यक्त गरेका छन। अर्को तर्फ खरसाङ नगरपालिकाले घटनाविरुद्ध खरसाङ पुलिस थानामा शिकायत दर्ता गरेको छ।
खरसाङ नगरपालिकाका वार्ड कमिश्नर मोहन राईले भर्खरै पश्चिम बंगाल हरित शहर परियोजना अन्तरगत पार्कमा सुन्दर वस्तुहरु राख्ने लगायतका सुन्दरीकरणको काम गरिएको भन्दै असामाजिक तत्वहरुले इगल क्रेगमा रहेका सामग्रीहरु तोडफोड गरेको बताउनुभयो। उहाँले नगरपालिकाले पार्कको सुन्दरीकरणको व्यवस्थाका लागी काम शुरु गरेपनी यस्तो तोडफोडको काम गरेर असामाजिक तत्वले खरसाङलाई बदनाम गर्न खोजेको राईले बताउनुभयो। अर्को तर्फ पुलिसले घटनामा अनुसन्धान शुरु गरेको छ।









































