HomeFeatureदिल्लीको मुंडकामा भीषण आगलागी, 27 जनाको मृत्यु

दिल्लीको मुंडकामा भीषण आगलागी, 27 जनाको मृत्यु

दिल्ली, 14 मई 2022

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको छ । आगलागीमा परी अरु 12 जना घाइते भएका छन् र केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । भारतीय संचार माध्यमका अनूसार सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ। आगो शुक्रबार बेलुका करिब पौने पाँच बजे लागेको थियो । लगभग 7 घण्टापछि आगोमाथि नियन्त्रण लिइएको थियो । यद्यपि,  अबेर राती 12 बजे आगो पुनः सल्किन थाल्यो । दमकलका कर्मचारीले घटनास्थलमा पुगेर झ्याल फुटाउँदा त्यहाँ भित्र फसेका मानिसहरुको ज्यान बाच्न सफल भयो । भवनमा भित्र पस्ने र बाहिर निस्कने एउटै मात्रै ढोका भएकोले बचाउ कार्य छिटो सुरु हुन सकेन । उक्त भवनमा थुप्रै कम्पनीका कार्यालय रहेको छ । त्यहाँबाट करिब 150 जनालाई उद्धार गरिएको छ । उद्दारका लागि सय जनालाई तैनाथ गरिएको थियो । घटना प्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सहित केही नेताहरुले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकको परिवारलाई २–२ लाख भारु र घाइतेलाई 50 हजार भारु मददतको घोषणा गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकको परिवारलाई 10-10 लाख र घाइतेहरुलाई 50 हजार मददतको घोषणा गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...