HomeFeatureदिल्लीमा फेरि एक साता बढ्यो लकडाउन, मेट्रो रेल सेवा पनि ठप्प

दिल्लीमा फेरि एक साता बढ्यो लकडाउन, मेट्रो रेल सेवा पनि ठप्प

नयाँ दिल्ली, 9 मई 2021                                       

दिल्लीमा फेरि एक साताका लागि लकडाउन बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज लकडाउनको अवधि 17 मईसम्म बढाउनु भएको हो । यस लकडाउनमा मेट्रो रेल सेवा पनि बन्द रहनेछ । यसअघि दिल्लीमा जारी लकडाउनमा मेट्रो सहित यातायातका साधनहरु खुल्ला रहेका थिए । मुख्यमन्त्रीले पछिल्लो केही दिनमा संक्रमण दरमा कमी आए पनि झनै कडाईको आवश्यकता भएको बताउनु भयो ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आज पत्रकारहरुलाई जानकारी दिँदै राष्‍ट्रीय राजधानीका विभिन्न स्थानमा अक्सीजन सुविधायुक्त बेडको संख्या बढाउन र चिकित्सा सम्बन्धि पूर्वाधार बढाउन लकडाउनको अवधि उपयोग गरिने बताउनु भयो । केजरीवालले दिल्लीमा अक्सीजनको स्थितिमा सुधार आएको र अस्पतालहरुमा पनि आत्तिएर फोन कलहरु न आइरहेको बताउनु भयो ।

मुख्यमन्त्रीले पछिल्लो केही दिनदेखि संक्रमणको दर 35 प्रतिशतले घटेर 23 प्रतिशतमा पुगेको बताउनु भयो । उहाँले राजधानीमा खोप अभियान पनि शुरु भएको तर अहिले पनि खोपको कमी रहेको र त्यसका लागि केन्द्रको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

अर्कोतिर उत्‍तर प्रदेश सरकारले पनि राज्‍यमा कोरोना कर्फ्यू एक सप्‍ताहका लागि बढाएको छ । यसअघि उत्तर प्रदेशमा लगाइएको कर्फ्यू भोली विहान समाप्‍त हुँदै थियो तर अब 17 मईसम्म कर्फ्यु जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...