दिल्ली, 30 अगस्त 2021
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल दिल्लीमा लामो समय उपचारपछि नेपाल फर्किदै हुनुहुन्छ। मिर्गौलामा समस्या भएपछि नेता नेपाल थप उपचारका लागि गत जेठ २ गते भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना हुनुभएको थियो । नेता खनालको मिगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि नेता खनाल फर्कन लाग्नुभएको छ। पछिल्लो समय नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएपछि नेता खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट सनाखत गर्नुभएको थियो । तर नेता खनाल नेपाल फर्किन लाग्दा एमाले विभाजित भइसकेको छ ।









































