नयाँदिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक विद्यालय बन्द
काठमाडौँ,6 नोभेम्बर 2023
भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण बढेपछि राज्य सरकारले दुई दिनका लागि सबै प्राथमिक विद्यालय बन्द गरेको छ ।
प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको जानकारी दिए । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आईतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।
नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेष गरी पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउनुलाई प्रायः प्रमुख कारणको रूपमा उद्धृत गरिएको छ । अन्य कारणमा सवारी प्रदूषण समावेश छ ।