HomeFeatureदिल्लीमा 16 वर्षीया बालिकामाथि गोली प्रहार, आरोपी अमानत अली पक्राउ

दिल्लीमा 16 वर्षीया बालिकामाथि गोली प्रहार, आरोपी अमानत अली पक्राउ

दिल्ली, 1 सितम्बर 2022

झारखण्डको दुम्कामा अंकिताको हत्यापछि अब दिल्लीको संगम विहारमा पनि यस्तै घटना घटेको छ । दक्षिण दिल्लीको संगम विहार क्षेत्रका अमानत अली नामका केटाले कक्षा 11 मा अध्ययनरत विद्यार्थीलाई गोली हानेका हुन् । बालिकाको ज्यान जोगिएको छ । मुख्य आरोपी अमानत अलीलाई प्रहरीले दिल्लीको त्रिलोकपुरीबाट पक्राउ गरेको छ । यो मामिलामा बॉबी र पवन यसअघि नै गिरफ्तार भइसकेका छन्, जसले आफ्ना साथी अमानत अलीको निर्देशनमा युवतीलाई गोली हानेका थिए । यो घटनामा बालिकाको काँधमा गोली लागेको थियो । यसै क्रममा अहिले युवती अस्पतालबाट डिस्चार्ज भएर घर आएकी छिन् ।अगस्त 25 मा दक्षिण दिल्लीको संगम विहार क्षेत्रमा विद्यालयबाट घर फर्कदैं गरेकी कक्षा 11 की विद्यार्थीमाथि कसैले गोली चलाएको थियो । प्रहरीका अनुसार पीडित बालिकाको परिवारले सोही स्थानमा बस्ने युवकले बालिकालाई गोली हानेको आरोप लगाएको छ। युवक विगत एक वर्षदेखि बालिकाको पिछा गरि रहेका थिए र लगातार दुव्र्यवहार गरेको परिवारको आरोप छ। । ती युवक हरेक दिन विद्यालय जाने र जाने बाटोमा उनलाई पछ्याउने गरेको आफन्तले बताए । यस घटनामा बालिकाको बयान लिइएको दक्षिणी जिल्लाका डीसीपीले बताए । उनी कक्षा 11 मा पढ्छिन् र स्कुलबाट घर फर्कने क्रममा मोटरसाइकलमा आएका तीन जना केटालाई पछ्याउँदै आएको उनले बताएकी छन् । संगम विहारको बी ब्लकमा पुगेपछि एकजना केटाले उनलाई पछाडिबाट गोली हानेपछि तीनै जना त्यहाँबाट भागेका थिए । युवतीले सामाजिक सञ्जालमार्फत आफूसँग सम्पर्कमा आएका एक जना केटालाई आफूले चिनेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...