दिल्ली, 3 मार्च 2022
नयाँ-दिल्ली-स्थित नेपाली राज-दूतावास-को आग्रहमा भारतले युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन सघाउने भएको छ । नेशनल लाईभ टिभीलाई विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सहयोग गर्ने भएको हो । युक्रेनमा युद्ध चर्कदै गएपछि नेपालले दिल्ली राजदूतावासमार्फत 4 दिन अघि नै सहयोग गरिदिन भारतलाई पत्राचार गरेको थियो । नेपालको आग्रहअनुसार भारतले नेपाली नागरिकहरूलाई पनि उद्धार गरिदिने भएको हो । कार्यवाहक राजदूत, रामप्रसाद सुवेदीका अनुसार दूतावासले आग्रह गरेकोले भारतले युक्रेन वरपर रहेका पड़ोसी देशमा पुगेका नेपाली नागरिक-हरुलाई उद्धार गरिदिन लागेको हो । नेपालको जर्मनी-स्थित नेपाली राजदूत रामकाजी खड्का पनि नेपालीहरु भएको क्षेत्रमा पुग्नु भएको छ,’ कार्यवाहक राजदूत सुवेदीले भने । उनले ती मुलुकहरुमा युक्रेनबाट आएका नेपालीहरुलाई भारतीय समुदाय भएको स्थानमा बस्न पनि आग्रह गरिएको बताए ।









































