HomeFeatureदिल्ली-काठमाण्डौ हवाई सेवा 8 महिनापछि खुल्दै, यस्तो छ सञ्चालन प्रोटोकल

दिल्ली-काठमाण्डौ हवाई सेवा 8 महिनापछि खुल्दै, यस्तो छ सञ्चालन प्रोटोकल

काठमाण्डौ, 11 डिसेम्बर 2020

कोभिड महामारीका कारण विगत ८ महिनादखि बन्द रहेको नेपाल–भारतबिचको व्यवसायिक उडान अर्को सातादेखि सञ्चालन हुने भएको छ । नेपालले उडान सुचारु गराउन गरेको प्रस्तावलाई भारतले बिहीबार स्वीकृत गरेको हो । भारतले प्रस्ताव स्वीकृत भएको कूटनीतिक नियोगमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतलाई जानकारी पठाएको हो । पुस 2 गतेदेखि काठमाडौं–दिल्ली उडान शुरु हुने भनिएको छ । बेङ्गलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने अहिले खुलाइएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपाली ध्वजावाहक नेपाल एयरलायन्स र भारतीय ध्वजावाहक एयर इन्डियाले दैनिक एक/एक वटा उडान गर्न पाउने छन् । उडान सुचारु हुने खबरपछि भारतमा उपचार गराउन आएका विरामी, पढ्न आएका विद्यार्थी रोजगारी गर्ने र व्यापारीहरु खुशी भएका छन । काठमाडौं–दिल्लीको उडान पुस २ गतेदेखि गर्न टिकट खुला गरिसकिएको जनाइएको छ ।  प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार भारतीय वायुसेवाले पुस २ गतेदेखि नै दिल्ली–काठमाडौं उडान गर्न अनुमति मागिसकेको छ । नेपाल एयरलायन्सले आज भारत र नेपालका हवाई निकायमा अनुमतिका लागि आवेदन दिँदै छ । उडान सेवा मार्फत तोकिएको गन्तव्यसम्म नेपाली र भारतीयले जान पाउनेछन भने तेस्रो मुलुक आउजाउ गर्न सकिने छैन । यात्रुले यात्रा गर्नुपूर्व ७२ घण्टासम्मको पीसीआर जाँच नेगेटिभ भएको प्रयोगशालाको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने लगायतका नियम बनाइएको छ । नेपालका लागि खाडी र अन्य मुलुकले यसअघि नै उडान सञ्चालन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...