HomeFeatureदिल्ली दूतावासको अपील जहाँ हुनुहुन्छ त्यही बस्नुस, समस्यामा परे फोन गर्नुस

दिल्ली दूतावासको अपील जहाँ हुनुहुन्छ त्यही बस्नुस, समस्यामा परे फोन गर्नुस

नयाँ दिल्ली , 23 मार्च

दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहने नेपालीहरुलाई अहिले नेपाल फर्किने प्रयास नगरि आफु बसोबास गरिरहेको ठाँउमा रहन आग्रह गरेको छ । दूतावासले भारत सरकार र विभिन्न राज्यका सरकारहरुले कोरोना भाईरसको रोकथामका लागि भन्दै लकडाउन गरेको र नेपाल सरकारले पनि आजबाट लागु हुनेगरि नेपाल-भारत सीमामा मानिसहरुको आवत-जावतमा रोक लगाएकाले निर्देशनको पालना गरि सुरक्षित रहन भारतमा रहेका नेपालीहरुलाई अपील गरेको हो ।

दूतावासले भारतमा रहेका नेपालीहरुलाई आफुले नियमित बसोबास गरेको स्थानमा सुरक्षित भएर बस्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अपील गरेको छ ।

कोरोना भाईरस महामारीको रोकथामका लागि भन्दै भारतका विभिन्न राज्यहरुमा लकडाउन गरिएका कारण भारतका विभिन्न क्षेत्रहरुमा नेपालीहरु अलपत्र परेका खबरहरु प्रकाशमा आएका छन । सार्वजनिक र नीजि यातायातका सवारी साधनहरुलाई पनि कडाई गरिएपछि भारतमा मजदूरी गर्न गएका नेपालीहरु त्रासमा छन । काम गर्ने कलकारखाना र उद्योग धन्दाहरु पनि बन्द हुँदा नेपाल फर्किने प्रयास गरेका कारण उनिहरु झनै समस्यामा परेका छन । यद्दपी बाटोमा अलपत्र परेका सयौं नेपालीहरुलाई नेपाली दूतावासको समन्वयमा नेपाल फिर्ता पठाउने कामहरु भइरहेको छ भने बाँकी रहेका नेपालीहरुलाई पनि नेपाल फिर्ता पठाउने कामहरु भइरहेको छ ।

भारत सरकारले गरेका निर्णयका कारण भारतमा रहेका नेपालीहरु आत्तिएका छन । उनिहरु आत्तिएर घर पुगे सबै ठीक हुन्छ भन्ने सोचिरहेका छन । तर वास्तविकता फरक छ। भारतका विभिन्न राज्यमा गरिएका लकडाउन अर्थात पूर्ण बन्दका कारण बजार, पसल, रेल, मेट्रो, सरकारी र नीजि बस, अटो पूर्ण रुपमा बन्द भएको छ । हिजोसम्म बस तथा रेल सेवाहरु सुचारु रहेपनि अब भने 31 मार्च सम्मका लागि बन्द गरिएको छ । त्यस कारण नेपाल जान भनि हिँडेका सयौं नेपालीहरु बिच बाटोमै अलपत्र परेका हुन । नेपाली दूतावास र भारतस्थित विभिन्न संगठनहरुले उनिहरुलाई फिर्ता पठाउने वातावरण मिलाईरहेको छ ।

Mobile number…..

अहिले कोरोना भाईरसको प्रकोपलाई रोक्न भारत सरकारले चालेको सावधानीका उपायका कारण भारतमा नेपालीहरु आत्तिएका छन । तर दिल्लीस्थित नेपाली दूतावासले आत्तिने वा डराउनु पर्ने कुनै कारणहरु नरहेको जनाएको छ । दिल्लीस्थित दूतावासले अनावश्यक यात्रा नगर्न नेपालीहरुलाई अपील गर्दै अप्ठ्यारो परेको अवस्थामा भने दूतावासमा जानकारी गराउन भनेको छ । त्यसका लागि नेपाली दूतावासको आपतकालीन नम्बर 8929601925  मा सम्पर्क गर्न भनेको छ ।

कारणवश कुनै नेपालीहरु अप्ठ्यारोमा पर्नु भएको खण्डमा नेपाली दूतावास र प्रवासी नेपाली संगठनहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ । तपाईहरुले नेपाली दुतावासका साथै प्रवासी नेपाली एकता मञ्चका आरबी खडकाको मोबाइल नम्बर 9958492898 मा सम्पर्क गरि सहयोग लिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...