HomeFeatureदिल्ली र मुम्बई बीबीसीको कार्यालयमा आयकरको छापा, फोन जफत गरेर कर्मचारीलाई पठाइयो...

दिल्ली र मुम्बई बीबीसीको कार्यालयमा आयकरको छापा, फोन जफत गरेर कर्मचारीलाई पठाइयो घर

दिल्ली, 14 फरवरी 2023

भारतको दिल्ली र मुम्बईमा रहेका बीबीसीको कार्यालयमा आयकर विभागले छापा मारेको छ । भारतीय मिडियाहरुका अनुसार ६० देखि ७० जना कमर्चारी संलग्न रहेर अहिले छापा चलिरहेको छ ।  अहिले बिबिसीको कार्यलयमा कसैलाई पनि आउन र जान रोक लगाइएको बताइएको छ । आयकर विभागले बीबीसीलाई अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप लगाउदै छापा मारेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।  दिल्ली र मुम्बईका कार्यालय बीबीसी वर्ल्ड सर्भिस अन्तर्गत सञ्चालन हुन्छन् ।  यसअघि बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा एक डकुमेन्ट्री प्रकाशित गरेपछि भारत सरकार र बिबिसीबीच विवाद रहेको छ । भारत सरकारले सो डकुमेन्ट्री प्रसारणमा प्रतिबन्ध लगायेको थियो।  ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबिसी) वर्ल्ड सर्भिस टेलिभिजन बेलायती सरकारी संस्था हो । यसले ४०  भाषाहरूमा समाचार प्रसारण गर्दछ । यो युके संसदको अनुदानद्वारा वित्त पोषित छ । यसको व्यवस्थापन विदेश र राष्ट्रमंडल कार्यालय मार्फत गरिन्छ । यो डिजिटल, संस्कृति, मिडिया र खेलकुद विभाग अन्तर्गत काम गर्दछ । बीबीसी सन् १९२७ मा शाही बडापत्र अन्तर्गत सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...