नयाँ दिल्ली, 18 जनवरी 2020
दिल्लीमा आगामी 8 फरवरीमा हुने विधानसभा चुनावका लागि दलहरु तयारीमा जुटेका छन। दलहरु आ-आफ्ना एजेण्डा लिएर मतदाताहरुसम्म पुगिगरहेका छन। यसैबिच भारतीय जनता पार्टीले 57 उम्मेदवारहरुको पहिलो सूचि जारी गरेको छ। शुक्रवार दिल्ली प्रदेशका अध्यक्ष मनोज तिवारीले जारी गरेको उम्मेदवारको सूचिमा 11 अनुसूचित जातिका उम्मेदवार रहेका छन भने 4 महिला उम्मेदवारलाई पनि टिकट दिइएको छ।
भारतीय जनता पार्टीले नरेलाबाट- नील दमन खत्री, तीमारपुरबाट- सुरेंद्र सिंह बिट्टू, आदर्शनगरबाट – राजकुमार भाटिया, बादलीबाट- विजय भगत, रिठालाबाट- मनीष चौधरी, बवानाबाट- रवीश कुमार इंद्रराज, मुंडकाबाट- मास्टर आजाद सिंह, किराड़ीबाट- अनिल झा, सुल्तानपुर माजराबाट- रामचंद्र छावरिया, मंगोलपुरीबाट- करम सिंह कर्मा, रोहिणीबाट- विजेंदर गुप्ता, लीमार बागबाट- रेखा गुप्ता, शकूरबस्तीबाट- डॉ. एससी वत्स, त्रिनगरबाट- तिलकराम गुप्ता, वजीरपुरबाट- डॉ. महेंद्र नागपाल, मॉडलटाउनबाट- कपिल मिश्रा, सदरबाजारबाट- जयप्रकाश, चांदनी चौकबाट- सुमन कुमार गुप्ता, मटिया महल- रविंद्र गुप्ता, बल्लीमारानबाट- लता सोढ़ी, करोलबागबाट- योगेंद्र चंदौलिया, पटेलनगरबाट- प्रवेश रतन. मोती नगरबाट- सुभाष सचदेवा, मादीपुरबाट- कैलाश सांकला, तिलक नगरबाट- राजीव बब्बर, जनकपुरीबाट- आशीष सूद, विकासपुरीबाट- संजय सिंह, उत्तर नगरबाट- कृष्ण गहलोत, द्वारकाबाट- प्रद्युम्न राजपूत, मटियालाबाट- राजेश गहलोत, नजफगढ़बाट- अजीत खरखरी, बिजवासनबाट- सतप्रकाश राणा, पालमबाट- विजय पंडित, राजेंदर नगरबाट- सरदार आरपी सिंह, जंगपुराबाट- सरदार इमरित सिंह बख्शी, मालवीय नगरबाट- शैलेंद्र सिंह मौंटी, आरके पुरमबाट- अनिल शर्मा, छतरपुरबाट- ब्रह्म सिंह तंवर, देवलीबाट- अरविंद कुमार, अंबेडकर नगरबाट- खुशीराम, ग्रेटर कैलाशबाट- शिखा राय, तुगलकाबादबाट- विक्रम बिधूड़ी, बदरपुरबाट- रामवीर सिंह बिधूड़ी, ओखलाबाट- ब्रह्म सिंह, त्रिलोकपुरीबाट)- किरण वैद, कोंडलीबाट- राजकुमार ढिल्लो, पटपड़गंजबाट- रवि नेगी, लक्ष्मीनगरबाट- अभय कुमार वर्मा, विश्वास नगरबाट- ओपी शर्मा, धी नगरबाट- अनिल वाजपेई, रोहतास नगरबाट- जितेंद्र महाजन, सीलमपुरबाट- कौशल मिश्रा, घोंडाबाट- अजय महावत, बाबरपुरबाट- नरेश गौड़, गोकुलपुरीबाट – रणजीत कश्यप, मुस्तफाबादबाट- जगदीश प्रधान, करावल नगरबाट- मोहन सिंह बिष्टलाई उम्मेदवार बनाईएको छ।









































