HomeFeatureदिल्ली विधानसभा निर्वाचनको लागि अधिसूचना जारी

दिल्ली विधानसभा निर्वाचनको लागि अधिसूचना जारी

नयाँ दिल्ली, 14 जनवरी 2020

दिल्ली विधानसभा निर्वाचनको लागि मङ्गलबार अधिसूचना जारी गरिएको छ, साथै नामाङ्कन दर्ता गर्ने प्रक्रिया पनि सुरू भएको छ। उम्मेदवारहरूले यस महिनाको 21 तारीखसम्म नामाङ्कन दर्ता गर्न सक्नेछन् र 22 जनवरीमा यसमाथि छानबिन हुनेछ। 24 जनवरीसम्म नामाङ्कन फिर्ता लिन सकिनेछ। 70 सदस्यीय विधानसभाको लागि 8 फरवरीमा मतदान हुनेछ भने 11 फरवरीमा मतगणना हुनेछ।

दिल्लीमा 80 लाख 55 हजार पुरूष तथा 66 लाखभन्दा बढी महिला मतदातासहित लगभग १ करोड 47 लाख मानिसहरूले मतदान गर्नेछन्। यो निर्वाचनमा सत्तारूढ आम आदमी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा) र काँग्रेस बीच त्रिकोणीय प्रतिस्पर्धा हुने सम्भावना छ।

2015-को विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप)-ले 67 तथा भारतीय जनता पार्टी (भाजपा)-ले 3 सिट जितेको थियो भने काँग्रेसलाई 1 सिट मात्र प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...