HomeFeatureदिल्ली विमानस्थलमा अलपत्र परेका नेपालीहरु दूतावासको सक्रियतामा आज काठमाण्डौ फर्किए

दिल्ली विमानस्थलमा अलपत्र परेका नेपालीहरु दूतावासको सक्रियतामा आज काठमाण्डौ फर्किए

नयाँ दिल्ली, 21 मार्च

संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं फर्किने क्रममा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा अलपत्र परेका २८ नेपालीहरु आज स्वदेश फर्किएका छन । हिजो एयर इन्डियाको विमानबाट काठमाण्डौ जानुपर्ने भएपनि कोरोना भाइरसको परीक्षणका लागि भन्दै रोकिएका उनिहरुलाई दिल्लीस्थित नेपाली दूतावासको हस्तक्षेप काठमाण्डौ पठाइएको हो । हिजो विहान 4 बजे युएईबाट नयाँ दिल्ली पुगेका उनिहरुलाई कोरोना परीक्षणका लागि भन्दै विमानबाट झारिएको थियो । त्यसपछि एयर इण्डियाका कर्मचारीहरुले उनिहरुको विमान छुटिसकेको भन्दै सबैको बोर्डिङ पास पनि खोसेर काठमाण्डौ फर्किने भए 30 देखि 40 हजार भाडा लाग्ने बताएर अभद्र व्यवहार गरेको उनिहरुले बताएका थिए ।

आफुहरु जाने विमानमा अर्कै यात्रुहरुलाई काठमाण्डौ पठाइएको पीडित नेपालीहरुको भनाई छ । एयर इन्डियाका कर्मचारीहरुले मागेको जति भाडा नदिए नलैजाने भनेको पनि उनिहरुको आरोप छ ।

हिजो विहान 4 बजेदेखि अलपत्र परेका उनिहरुका बारेमा जानकारी पाएपछि नेपाली दूतावासका नियोग उप प्रमुख भरतकुमार रेग्मीले एयर इन्डियाका अधिकारीलाई फोन गरि उनिहरुलाई सकुशल नेपाल फिर्ता पठाउन भनेपछि आज विहान पठाइदिने जवाफ दिएको राजनितिक काउन्सिलर हरि ओडारीले नेशनल लाईवलाई जानकारी दिनुभयो । उनिहरु रातभरि विमानस्थलमै बसेर आज विहान 7 बजेको फ्लाईटमा नेपाल फिर्ता गएको ओडारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...