HomeFeatureदिल्ली स्थित नेपाली दूतावासमा सेना दिवस कार्यक्रम मनाइयो

दिल्ली स्थित नेपाली दूतावासमा सेना दिवस कार्यक्रम मनाइयो

दिल्ली, 30 मार्च 2022

नेपाली राजदूतावास नयाँ दिल्लीमा नेपाली सेना दिवस भव्यताका साथ मनाइएको छ। नयाँ दिल्लीमा कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको नेतृत्वमा आयोजित कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ़्टेनेन्ट जनरल एम वी सुचिन्द्रा कुमार मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए। भारतका लागि नेपाली कार्यवाहक राजदुत रामप्रसाद सुबेदीले विशेस कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा अमेरिका,  रुस,  फ्रान्स, जर्मनी, बेलयात, जापान,  इटली,  थाइल्याण्ड, बांग्लादेश, पाकिस्तान, युक्रेन लगायतका ३५ बढी देशका कुटनीतिक उच्च आयोग संग सम्बद सैनिक सहचारीहरु उपस्थिति रहेको थियो। कार्यक्रममा एभरेस्ट ऑनलाइन क्विज़ कॉन्टेस्ट प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा  ९ कलास भन्दा माथिका विद्यार्थीहरुलाई  दुइ समूहमा विभाजित गरिएको थियो।  पहिलो समूहमा राजदुतावासमा कार्यरत डिप्लोमेट  तथा कर्मचारीहरुका छोराछोरीहरु बीच आन्तरिक प्रतियोगिता र दोश्रो समूहमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरु बीच खुल्ला प्रतियोगिता भएको थियो। आन्तरिक प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी नेपाली डिप्लोमेट आनन्द प्रसाद शर्माका पुत्र आरक्षा शर्मालाइ अथितिले गोल्ड मेडल, प्रमाणपत्र र नगद सम्मान गर्नु भएको थियो भने खुल्ला प्रतियोगितामा प्रथम हुने विद्यार्थी आकृति अधिकारीलाइ कार्यबाहक राजदुतले  गोल्ड मेडल, प्रमाणपत्र र नगद सम्मान गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...