नयाँ दिल्ली, 21 जनवरी 2020
दिल्ली विधानसभा चुनावको लागि नामावली दर्ता गर्ने आज अन्तिम दिन हो। नामाङ्कन पत्रको जाँच भोली गरिने छ भने, शुक्रबारसम्म नामावली फिर्ता गर्ने सयम तोकिएको छ। भारतीय जनता पार्टी र काँग्रेसले हिजो आफ्नो उम्मेदवारहरूको दोस्रो सूची जारी गरेका थिए।
भाजपाले नयाँ दिल्ली, दिल्ली कैंट, राजौरी गार्डन, शाहदरा र कालकाजी सहित दस सीटहरूमा उम्मेदवार घोषित गरेको छ। काँग्रेस पार्टीले सूचीमा सात नयाँ नामहरूको घोषणा गरेको छ। काँग्रेसले नयाँ दिल्ली सीटबाट आम आदमी पार्टीको संयोजक तथा मुख्यमन्त्री अरविन्द केजरीवालको विरूद्ध रोमेश सब्बरवाललाई उभ्याएको छ। पार्टीले बुराडी, उत्तम नगर, पालम र किराडी सीट आफ्नो गठबन्धन सहयोगी राष्ट्रिय जनता दलको लागि छोडेको छ। भारतीय जनता पार्टीले दिल्लीमा जनता दल यूनाइटेड र लोकजन शक्ति पार्टीसित गठबन्धन बनाएको छ। र उनीहरूको लागी 3 सीट छोडेको छ।









































