नयाँ दिल्ली, 7 फरवरी 2020
दिल्ली विधानसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। 70 सदस्यीय विधानसभा चुनावको लागि भोली 8 तारीख शनिबार मतदान हुनेछ। मतहरूको गणना भने 11 फरवरी अर्थात् मङ्गलबार हुनेछ।
स्वतन्त्र तथा निष्पक्ष मतदानको लागि प्रहरी बल र केन्द्रीय सशस्त्र प्रहरी बललाई तैनात गरिएको छ। निर्वाचन आयोगले विशेष डाक मतपत्र र वरिष्ठ नागरिकहरूलाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था पनि गरेको छ। मतदाताहरूको सुविधाको लागि दिल्ली मेट्रो रेल सेवा भोली बिहान 4 बजेदेखिनै सुरू हुनेछ।
विधानसभा चुनावको लागि प्रचार-प्रसार अभियान बिहिबार सकिएसँगै मौन अवधि पनि सुरू भएको छ। यस चुनावमा मुख्य रूपमा तीन राजनितिक दलहरु- आम आदमी पार्टी, भारतीय जनता पार्टी र काँग्रेसबिच प्रतिस्पर्धा रहेको छ।
यसैबीच दिल्ली विधानसभाको वर्तमान कार्यकाल 22 फरवरीका दिन समाप्त हुँदैछ।









































