काठमाडौं, 5 अगस्त 2022
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताए ।
काठमाडौंमा आज भएको एक कार्यक्रमा उनले भने, ‘केन्द्रमा एकल बहुमतको र प्रदेशमा बहुमतको सरकार बनाउनुपर्यो ।’ आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने ओलीको भनाई छ । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्यो ।’
उनले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, उनले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’









































