काठमाडौं, 26 दिसम्बर 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काग्रेसका नेता शेरबहादुर देउवाका कारण गठबन्धन टुटेको बताएका छन्।
उनले आज विहान बसेको पार्टीको पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै दाहालले देउवा पूर्वसहमतिबाट पछि हटेर माओवादीलाई धोका दिन खोजेको कुरा पार्टी पदाधिकारी सामु बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन।
त्यसैगरी नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालले सोचेजस्तो भुमिका ननिभाएको पनि दाहालले जानकारी गराए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्तिम समयमा नेपाली काग्रेस सहितको पाँच दलसंगको गठबन्धन तोडेर एमाले तिर लागेर प्रधानमन्त्री बनेका हुन।









































