HomeFeatureदेउवाको नेतृत्वमा कांग्रेस अबका सबै निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने: खाँण

देउवाको नेतृत्वमा कांग्रेस अबका सबै निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने: खाँण

काठमाडौं, 27 अप्रैल 2022

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाले चितवनमा गठबन्धनभित्र देखिएको समस्या समाधान गर्ने भन्दै अन्य स्थानमा देखिएको समस्यामा पनि पार्टी नेतृत्वले समाधान गर्ने दावी गर्नुभयो । उहाँले संविधान, लोकतन्त्र र नागरिकको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै सोहीअनुसार पार्टी अघि बढेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अबका सबै निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने उहाले बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसलाई वडादेखि केन्द्रमा विजयी गराउन सकेमात्र कांग्रेसका विचार र उद्देश्य कार्यान्वयन गर्न सकिने बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारलाई साझा मानेर आबद्ध सबै दलले मतदान गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै काठमाडौँ महानगरपालिकामा गठबन्धनतर्फको उम्मेद्वार कांग्रेस नेत्री सिर्जना सिंहले युवा स्वरोजगार, युवालाई आर्थिकरूपमा आत्मनिर्भरता, महानगरको सरसफाइ, खानेपानी, नदी र सार्वजनिक जग्गा संरक्षण, संस्कृति संरक्षणलगायत आफ्ना योजनालाई कार्यान्वयन गर्ने दावी गर्नुभयो । उहाँले कांग्रेसको विचार र पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनका लागि कांग्रेसलाई विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...