HomeFeatureदेउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाण्डौ, 16 जुलाई 2021

नेकपा (एमाले)ले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो । शुुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय पालना गर्न पनि पार्टीका प्रतिनिधिसभाका सदस्यहरुलाई निर्देशन दिएको पनि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभाका सदस्यहरुलाई यस निर्णयको पालना गर्न निर्देशन दिइएको छ ।” एमालेले देश र जनताको हितमा केन्द्रित भई सक्रिय एवम् रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेको छ ।

बैठकले पार्टी भित्रका समस्या समाधानका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्य दल विघटन पनि गरेको छ । कार्य दलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो । “पार्टीको समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्य दलले तयार गरी बैठक समक्ष प्रस्तुुत गरेको प्रस्ताव ग्रहण र अनुमोदन गरिएको छ,“ उहाँले भन्नु भयो,“सो प्रस्तावलाई सृजनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । कार्य दलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिँदै विघटन गर्ने निर्णय पनि गरिएको छ ।”

१० सदस्यीय कार्य दलले गत असार २७ गते राति एमाले एकताका लागि दश बूँदे सहमति गरेको थियो । बैठक चलिरहँदा पुगेका माधव नेपाल पक्षका नेताहरुले भने आज बोलाइएको स्थायी समिति बैठक र संसदीय दलको बैठक रोक्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । तर नरोकिएपछि उनीहरु बैठक स्थलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...