Homeसमाचारराजनीतिदेउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ: महामन्त्री थापा

देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ: महामन्त्री थापा

देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौं, 13 जुन 2023

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने बताए ।

Sher Bahadur Deuba

‘नेपाली कांग्रसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’ उनले भने, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ, जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनु भो, त्यहाँ हामी जोसुकै हौंला, कसैले पार्टी नेतृत्व गर्ने अवस्था आयो भने उहाँको (देउवा) हितमा छ पार्टीको हितमा पनि छ ।’

उनले नेतृत्व हस्तान्तरण र प्रधानमन्त्री हुने विषयमा देउवाले मार्ग प्रशस्त गर्दा पार्टी र देउवाको हितमा हुने दाबी गरे ।

‘यो बिचको समयमा यी कुरा होस् भन्ने म चाहन्छु,’ उनले भने, ‘आफ्नो चाहनालाई व्यवहारमा परिणत गर्न प्रयत्न पनि गर्छु ।’

महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि आग्रह गरे । उनले नेता शेखर कोइरालासँगको सम्बन्धबारे कुनै शंका नगर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...