काठमाडौं, 19 जनवरी 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उप्रप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले सभामुखका उम्मेदवार देवराज घिमिरे सभामुख पदका लागि योग्य र सक्षम रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उम्मेदवार नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई समर्थन गर्दै अध्यक्ष लिङ्देनले घिमिरेको सादा जीवन र सदाचारी व्यक्तित्वको चर्चा गरे । ‘हामी फरक राजनीतिक विचारको भइकन पनि उहाँलाई म नजिकबाट जान्दछु । लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशील सादा जीवन व्यतित गरेको सदाचारी व्यक्ति हुनुहुन्छ, सबैलाई लिएर हिँड्न सक्ने चरित्रको हुनुहुन्छ,’ उनले भने, ‘सभामुखजस्तो गरिमामय पदकालागि सुयोग्य व्यक्ति हुनुहुन्छ । निष्पक्षता र यसको प्रभावकारितामा योग्य हुनुहुन्छ । त्यसकारण उहाँलाई सभामुखमा निर्वाचित गर्न सबै सांसदज्यूहरूलाई आग्रह गर्दछ ।’
सुवास नेवाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै लिङ्देनले सबैलाई मिलाएर लैजान सक्ने क्षमता घिमिरेमा भएको बताए।









































