नयाँ दिल्ली, 28 जनवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले युवा भारतले आतङ्कवाद विरूद्ध मुकाबिला गर्ने बताउनुभएको छ। आज नयाँ दिल्लीस्थित करिअप्पा ग्राउण्डमा राष्ट्रिय क्याडेट कोरका क्याडेटहरूलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले कश्मीर उपत्यकालाई आतङ्कवादबाट मुक्ति दिलाएको बताउनुभयो। उहाँले कश्मीर समस्या स्वतन्त्रताको समयदेखिनै रहेको तर्क गर्दै त्यस समस्याको समाधानको लागि कुनै पहल नगरिएको बताउनुभयो। प्रधानमन्त्रीले कश्मीर देशको आभूषण भएको र यसलाई समस्या मुक्त गर्नुपर्ने जिम्मेवारी थियो जुन एन.डी.ए. सरकारले पूरा गरेको बताउनुभयो।
उहाँले परिवर्तन ल्याउनमा ढिलाई नगर्न युवाहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री मोदीले नागरिकता संशोधन विधेयक मुसलमानहरू विरूद्ध नभएको पनि दोहोऱ्याउनुभयो।









































