देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो: महामन्त्री थापा
काठमाडौं, 8 जुलाई 2023
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।
महामन्त्री थापाले उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए । उनले आफू संसदीय दलको नेता बदल्नेकुरामा नथाकेको पनि बताए । संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने उनको भनाइ छ ।
थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताए । सबै पार्टी मिसन २०८४ मा लागेकाले कांग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए ।
उनले सामाजिक सञ्जालमा लेख्दै मानिसक स्वास्थ्यका लागि ठोस कदम चाल्नुपर्ने बताए। आत्महत्याका घटना बढेको बताउँदै उनले यस विषयमा ठोस कदन नचाले भविष्यमा धेरै जनालाई गुमाउनुपर्ने बताए।
‘अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मनिका र सारूकहरूलाई गुमाउने छौं। हामीले त्यो अवस्था कदापि आउन दिनुहुन्न। यसमा तपाईं हामी सबैको भूमिका रहन्छ,’ उनले लेखेका छन्।
शुक्रबार मात्रै अभिनेता सारूक ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए। उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। त्यसैगरी टिकटकमार्फत चर्चामा आएकी मनिका ठकुरीले पनि केही समय अघि आत्महत्या गरेकी थिइन्।
उनले मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँचमा पुग्ने गरी संयन्त्र निर्माण गर्न पनि प्रस्ताव राखेका छन्।
यस्तै विद्यालयहरूमा पनि सानै उमेरबाट बालबालिकालाई यस्ता खालका जानकारी र सहयोग दिन सके कालान्तरमा उनीहरूलाई सहज हुने पनि थापाको भनाई छ। त्यस्तै उनले बालबालिकालाई नै जोगाउन नसके संघर्ष र राजनीतिको कुनै अर्थ नहुने भन्दै प्रश्न गरेका छन्।









































