काठमाडौं, 12 नवम्बर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । शनिबार डोटीको दिपायलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको विकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताए ।
ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उदेश्य नै नभएको र देश बनाउने भिजन एमालेसंग मात्रै रहेको दाबी गरे । उनले नेकपा एमालेलाई मतदान गरे मात्र देशको विकास हुने बताए। उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे।
उनले पूर्वाग्रह नराखी राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने र सही नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे । एमाले अध्यक्ष ओलीले देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्ने गरी जनता तयार रहेको भन्दै एमालेको बिरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाईने धारणा राखे ।









































