HomeFeatureदेशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना...

देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने प्रविधिमन्त्रीको धारणा

इटहरी, 3 दिसम्बर 2022

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन ।

देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियान आगामी सरकारको प्राथमिकतामा पर्ने मन्त्री कार्कीको भनाइ छ ।

सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित हुनुभएका नेपाल सरकारका प्रवक्ता कार्कीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसको १२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो भनाइ राखेका हुन ।

नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री कार्कीले आगामी सरकार कांग्रेस नेतृत्वमा वर्तमान सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनकै बन्ने उल्लेख गरे ।

आफू लोकतान्त्रिक बाम गठबन्धनबाट विजयी भए पनि सबैको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने बताए।

मुलुकको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।

उहाँले शिक्षाको विकास र विस्तारका लागि सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।

सुनसरी ४ बाट सर्वसाधारणले आफूलाई दोस्रो पटक विजय गराएको बताउनुहुँदै मन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा विगत पाँच वर्षमा शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिक विकास गरेको र आगामी दिनमा पनि सर्वसाधारणको अपेक्षा अनुरूप गरिबी निवारण र रोजगारी सिर्जना अभियानमा काम गर्ने प्रतिविद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...