काठमाडौं, 14 मई 2022
स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केहि स्थानको नतिजा समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो । निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।









































