HomeFeatureदेश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गर्नु पर्दैछः प्रधानमन्त्री ओली

देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गर्नु पर्दैछः प्रधानमन्त्री ओली

काठमाडौँ, १९ फरवरी, २०२०
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको बताउनुभएको छ । आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिसामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उहाँले बताउनुभएको हो ।
७० औं प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकास निर्माणमा बाधा हालने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्ने यस्ता प्रयासहरुलाई हामीले क्रमद्धारा नै पराजित गर्ने छौं । ’

संविधान र कानून अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । वर्तामान सरकारले २ वर्ष पुरा गरेपनि गत वर्षलाई आधार वर्षका रुपमा लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधार वर्षलाई टेकेर आगामी वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभयो । उहाँले नेपाललाई सन २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट समेत गर्नुभयो । ‘हामी सन २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नती गर्ने र सन २०३० भित्र दिगो विकासका लक्षहरु हासिल गर्ने अभियानमा छौं ’ उहाँले भन्नुभयो । सरकार समृद्ध नेपाली सुखी नेपालीको धेयका साथ सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रीत भएको र त्यसका लागि मित्रराष्ट्रहरुको समेत साथ रहने अपेक्षा सरकारले गरेको उहाँले बताउनुभयो ।

प्रधनमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै ओलीले सरकारले केही काम सुरु गरेको केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताउनुभयो । उहाँले सरकार विल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालिलाई हिंडाउन चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘एउटा सरकारका ठाउँमा अर्को अर्को सरकार बदलिएको जस्तो होइन एउटा प्रणालीका ठाउँमा बदलिएको अर्को प्रणालीको अभ्यास हामी गरिरहेका छौं ।’ प्रधानमन्त्री ओलीले छोटो अवधिमा जनताका आकांक्षा र चाहनाहरु पुरागर्नुपर्ने चुनौति समेत सरकारसामु रहेको बताउनुभयो । उहाँले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धि तर्फको यात्रा अगाडि बढाइरहेको अवस्थामा आवरोधहरु देखिने गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई अन्त्य गरिएको र अव समृद्ध नेपालको निर्माणमा योगदान गर्नुको विकल्प नरहेको समेत बताउनुभयो । उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा सफल बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । ‘लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानलाई उत्तरदायि हुने र भविश्यप्रति जिम्मेवार हुने सभ्य साशन प्रणाली हो ।’ उहाँले भन्नुभयो । देशलाई संविधान र कानून अनुसार अगाडी बढाउने उृल्लेख गर्दै ओलीले देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।
हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । एकसय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस मनाइएको हो । दिवसका अवशरमा काठमाडौंको टुंडिखेल लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...