काठमाडौं, 6 दिसम्बर 2021
दोलखाको मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रेको कामलाई समयमा नै सम्पन्न नगर्ने ठेकेदारसंगको सम्झौता तोडिने भएको छ । सोमबार सिंहदरबारमा मुडे–चरिकोट सडक विस्तार संघर्ष समितिसंगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसअघिको ठेकेदारले काम पुरा गर्ने नदेखिएको सम्झौता तोडिने तयारी भएको बताउनुभएको हो । यो आर्थिक बर्षमा उक्त सडक आयोजना सम्पन्न गर्नका लागि नयाँ टेन्डर आह्वान गरिने उहाले बताउनुभयो । सचिव श्रेष्ठले समयमा नै पूर्वाधार सम्पन्न नगर्ने ठेकेदारसंगको सम्झौता तोड्ने मन्त्रालयको योजना नै रहेको जानकारी दिनुभयो ।छलफलका क्रममा दोलखा कांग्रेसका सभापति पदमा बर्मा लामाले ठेकेदारले काम गर्न नसकेकाले सरकारले नयाँ ढंगले उक्त सडक आयोजनालाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । अर्को ठेकेदार छनौटको प्रक्रियालाई छिटो अघि बढाएर सडक सम्पन्न गर्नुपर्ने उहाको भनाई छ । खाडीचौर–मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए । २०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न भएपनि स्थायीन आक्रोशित बनेका छन् ।









































