काठमाडौं, 14 दिसम्बर 2021
नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकतावद्ध बनाउन आफुले भूमिका खेल्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताउनुभयो । उहाले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान पनि गर्नुभयो । कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने धारणा राख्नुभयो । कोइरालाले आफुले रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको भन्दै देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्ने उल्लेख गर्नुभयो ।









































