HomeFeatureदोस्रो पटक मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता

दोस्रो पटक मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता

16 अक्तूबर 2021

दोस्रो पटक सुर्खेत मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। भारतको पञ्जाबमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा आरएस बावाले सो समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर भएको समझदारीपत्रमा मितिदेखि पाँच वर्षसम्म समझदारीपत्र लागू हुनेछ । पहिलो पटक २०१६ मा भएको र उक्त सम्झौताको समयावधि सकिएपछि पुनः सम्झौता भएको मध्यपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृतले जनाए। सम्झौतापत्र अनुसार दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिनेछन् । अघिल्लो सम्झौतामा विद्यार्थी तथा प्राध्यापकहरुको भ्रमण, एक अर्को कलेजको शैक्षिक कायक्रमहरु बुझ्ने कार्यहरु भएपनि आदान प्रदान चैं नभएको तर यो सम्झौतापछि हुने विश्वास रहेको प्रशासन अधिकृतले गौतम बताउँछन् । उनले भने ‘अघिल्लो सम्झौतामा सबै प्रभावकारी भएन । अब यो सम्झौतापछि चाँहि एमओयूमा भए अनुसार कार्यहरु गर्न सकिन्छ भन्ने विश्वास छ । दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको हस्ताक्षर समारोहमा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...