HomeFeatureधनगढीको मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थित पार्किङले दुर्घटना जोखिम बढयो

धनगढीको मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थित पार्किङले दुर्घटना जोखिम बढयो

कैलाली,10 नोवेम्बर 2020 

मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थीत पार्किङका कारण धनगढी असुरक्षित बन्दै गएको छ। पार्किङका लागी जग्गा भाडामा लिइए पनि उचित व्यवस्थापन हुन सकेन। धनगढीको मुख्य सडकमा हुँदै आएको ट्यांकर पार्किङ हट्न सकेको छैन। नेपाल आयल निगमले अलग्गै ट्यांकर पार्किङस्थल निर्माण गरेपनि अहिलेसम्म मुख्य सडकमा नै पार्किङ हुँदै आएको छ। अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर मुख्य सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । बाक्लो बस्ती र सँगै जोडिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशको डिपो । पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्यांकी । साघुँरो ठाउँ र सडकमै पेट्रोलियम पदार्थले भरिएका ट्यांकर । सोही सडक भएर दैनिक सयौँ सवारी ओहोर दोहोर गर्छन् ।

यो दृश्य नेपाल आयल निगम सुदूरपश्चि प्रदेश कार्यालय डिपो आसपासको हो । धनगढी उपमहानगरपालिका-३ चटकपुरमा सडकमै लस्करमा डिजेल, पेट्रोल भरिएका ट्यांकर छन् । बस्ती नजिकै आयल निगमको डिपो हुँदा दुर्घटनाको जोखिम बढेको छ । सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन् । उक्तमा सवार चलाउँदै आएका सवारी चालकहरुमा पेट्रोलियम पदार्थसहितका ट्यांकर सडक किनारमा पार्किङ गर्दा दुर्घटना जोखिम बढाउनेमा चिन्तित छन् । स्थानीय अटो रिक्सा चालक गणेश चौधरी साँघुरो बाटोमा सवारी सञ्चालन गर्दा जोखिम बढाएको र सडक छेउमै पार्किङ हुँदा झन समस्या भएको बताउँनुहुन्छ।

२०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो चारैतिर बस्ती बिस्तार भएपछि धनगढी असुरक्षित भएको हो । नेपाल आयल निगम धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ । गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएपनि व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरगता दिदै आएका हुन् । सम्भव भएसम्म अहिलेको ठाउँमा नै व्यवस्थित र सुक्षित गरेर पार्किङको व्यवस्था मिलाउने र स्थानीयले सहमति नदिए अर्को स्थानमा पार्किङ व्यवस्थापनका लागि तयारी गरिने नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशका प्रमुख चितरंजन दासले बताउनुभयो ।

सुदूरपश्चिमको निगमसँग डिजेलका लागि ३ दिनसम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुँवानी गर्न नसक्दा अभाव हुने गरेको छ । एक बिघा ८ कठ्ठा जमिनमा रहेको सुदूरपश्चिम निगमको डिपोको कार्यालय साँघुरो छ । सम्बन्धित निकायले सडकमै ट्यांकर पार्किङ नगर्न अनुरोध गर्दा पनि आयल निगमले मानेको छैन । स्थानीयले अवरोध गरेपनि निगमले सोही जग्गा विगत ४ महिनादेखि मासिक २० हजारका दरले भाडा तिर्दै आएको छ । समस्या समाधान तर्फ भने कसैको ध्यान जान सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...