काठमाडौँ,२९ जनवरी
धनुषामा मोटरसाईकल र जिप ठोक्किँदा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ ।
मोटरसाईकल र जिप ठोक्किँदा दुबैको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साह रहेका प्रहरीले जनाएको छ ।
धनुषाको गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा मृतक दम्पतीको १० वर्षीय छोरा जोन कुमार साह घाइते भएको धनुषा प्रहरीले जनाएको छ । उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।









































