HomeFeatureधन कमाउन विदेशीएका युवाकी श्रीमती अर्कैसँग फरार, खोजीदिन श्रीमानको आग्रह

धन कमाउन विदेशीएका युवाकी श्रीमती अर्कैसँग फरार, खोजीदिन श्रीमानको आग्रह

नयाँ दिल्ली डेस्क, 10 फरवरी 2020

आजभोली परदेशीको दु:ख परदेशमा गरिने कडा मेहेनतभन्दा घरमा छुट्ने साथको बढि हुन्छ। हुन पनि हो, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुन संख्यामा युवाहरु श्रम बेच्न विदेश पलायन हुन्छन, त्यसमध्ये अधिकांशका अर्धाङ्गिनीले अर्कैको हात समाउने प्रचलननै बनेको छ। यस्तै एक घटना प्रकाशमा आउँदा चर्चाको विषय बनेको छ भने परदेशमा कमाउन भनि गएका पतिमाथि ठूलो बज्रपात खसेको छ।

कतारमा मजदुरी गर्न गएका झापा जिल्ला साविक सनि अर्जुन गाविस वडा नम्बर 9 अर्जुन धारा नगरपालिका 11-का बस्ने टेक बहादुर सुनुवार र नरमाया सुनुवारका 41 वर्षिय छोरा नेत्रबहादुर सुनुवार, श्रीमती अर्कैसँग पोइला गएपछि उनको खोजीमा डुलीरहेका छन। नेत्रबहादुर आफ्नी छोरीको लागी पनि पोइला गएकी श्रीमतीलाई रातदिन लागेर खोजी गरिरहेका छन्। घर धान्नका लागि कतार कमाउन हिँडेका नेत्रबहादुर घर फर्किन 1 महिना मात्र बाँकी रहेका बेला उनकी श्रीमती पदमा सुनुवार सुर्खेतका दिनेश थापा भनिने देवीराम सुनारसँग भागेकी हुन।

नेत्रबहादुर सुनुवार र पदमा भट्टराईको 7 वर्षअघि राजीखुशी लगन-गाँठो कस्सिएको थियो। नेत्रबहादुर घरमै रहेका बेला श्रीमतीसँग राम्रै माया प्रेम रहे पनी विदेश कमाउन गएका बेला सुर्खेतको चौकुने गाउपालिका गुड्डु जुमल्या मुलका वासिन्दा  दिनेश थापा उपनाम भएका देवीराम सुनारसँग भागेकी हुन। घरको सबै आर्थिक लेनदेनको लेखाजोखा राख्ने गरेकी पदमाले चारै तर्फ व्यवहार बिगारेकाले नेत्रबहादुर सुनुवारले पदमाको खोजी गरिरहेका छन।

अहिले उनी श्रीमती भगाउने सुर्खेतस्थित देवीरामको घरमा पुगेर उनिहरुलाई खोज्ने प्रयास गरे पनि उनिहरुको पत्तो नलागेपछि झनै चिन्तित बनेका छन। तर छोरीका लागि पनि उनिहरुलाई खोज्ने काम नरोक्ने नेत्रबहादुरले बताएका छन।

श्रीमती र छोरीलाई खोज्न सुर्खेत पुगेका नेत्रबहादुरले अब खोजीको अन्तिम विकल्पका लागी काठमाडौँ जाने बताएका छन भने उनको बारेमा थाहा पाउने जो कसैलाई पनि नेपाली मोबाईल नम्बर 00977-9813876556 र भारतीय नम्बर 0091-9872981511 मा जानकारी दिन आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...