धरान,४ फेब्रुअरी
मंगलबार बिहान जीप अनियन्त्रित भएर धनकुटाको अहालेबाट धरान आउँदै गरेको गाडी छेस्के भीरमा पल्टिदा नेपाली कांग्रेसका नेताहरू घाइते भएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन सागुरीगढी गाउँपालिका समिति, धनकुटाले आयोजना गरेको बैठकमा सहभागी भएर धरान आउने क्रममा गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा नेपाली कांग्रेस धनकुटाका क्षेत्रीय सभापति तथा जीपी फाउन्डेसन प्रदेश १ का संयोजक इन्दिरा थापा, जिल्ला सदस्य धन राई र महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक जीवन राई घाइते भएको कांग्रेसले जनाएको छ ।
उनीहरूलाई तत्काल उद्धार गरेर उपचारका लागि धरान ल्याइएको छ ।









































